रौतहटका सामुदायिक विद्यालयहरु ७ दिन बन्द (सुचनासहित)

  Sampatti News Online

June 1, 2023

रौतहट १८ जेठ। पछिल्लो केही दिनदेखि बढेको अत्याधिक गर्मीको कारण रौतहटका सबै सामुदायिक विद्यालयहरू एक हप्ताको लागी बन्द गरिएको छ।

जिल्ला शिक्षा समन्वय ईकाई रौतहटले विहीवार एक सूचना जारिगर्दै जिल्लाको १८ वटै स्थानिय तहमा रहेकाे सबै विद्यालय एक हप्ताका लागि बन्द गर्न सिफारिस गरेको हो।अत्याधिक गर्मीको कारण विद्यालयको पठनाठनमा प्रतिकुल असर पारिरहेको र कतिपय बालबालिका मुर्छित समेत भईरहेकाले बर्षे बिदा बाट कटा हुनेगरी एकहप्ता गर्मि बिदा गरिदिन अनुरोध गरेको ईकाई प्रमुख रामाविनय कुमार सिंह द्वारा हसताक्षरित सूचनामा उल्लेख गरिएको छ। 

यसैबीच नमुना माबि कटहरियाका प्राचार्य सचिनद्र प्रसाद यादवले बढ्दो गर्मीको कारण भोली शुक्रवार देखि लागू हुनेगरी आगामी २६ गते शुक्रवार सम्म सबै सामुदायीक विद्यालयहरूमा बिदा दिइएको जानकारी दिएका छन।

प्रकाशित मिति:June 1, 2023