तराईमा ४३ डिग्री तापक्रम पुग्न सक्ने, ‘लु’ को सम्भावना

  Sampatti News Online

June 1, 2023

काठमाडौँ । पछिल्ला तीन दिन यता देशभरको अधिकतम तापक्रम बढिरहेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाका मौसमवीद् गोविन्द झाले तापक्रम वृद्धि हुने क्रम दुई/तीन  दिन जारी रहने जानकारी दिए। ‘तराईका जिल्लाहरुको अधिकतम तापक्रम ४०/४१ डिग्रीको हाराहारीमा पुगेको छ’।अत्याधिक गर्मीका कारण सबैभन्दा बछि तराईको जनजिवन प्रभावित भइरहेको छ। सर्वसाधारणको जिवन अत्याधिक तापक्रमले गर्दा कष्टकर भइरहेको छ। यसबाट सबैभन्दा बढि स्कूले विद्यार्थी र वृद्धवृद्धाहरु प्रभावित भएका छन्।

‘आज वा भोली सुदुरपश्चिमलगायत केहि पहाडी जिल्लामा पानी पर्ने सम्भावना देखिएपनि काठमाडौं लगायत तराईंका जिल्लाहरुमा पानी पर्ने देखिदैन। त्यसैले तापक्रम अझै बढन सक्ने सम्भावना छ।

काठमाडौंलगायत तराईंका जिल्लाहरुमा गर्मी अत्याधिक बर्ढीरहेको छ। अरेबियन सागरबाट आएको हावाको प्रभावले सुदुरपश्चिम प्रदेशका जिल्लाहरुमा पानी पर्ने सम्भावना पनि छ।

प्रकाशित मिति:June 1, 2023