डिल्लीबजार मालपोत कार्यालयका प्रमुख अख्तियारको नियन्त्रणमा

  Sampatti News

July 8, 2020

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन प्रमुख गोविन्द अधिकारीलाई नियन्त्रणमा लिएको छ।

असार २ मा डिल्लीबजार मालपोत कार्यालय अधिकृत रघु वंश कँडेल सहित ६ जना कर्मचारी ८ लाख ५० हजार घुस सहित रंगेहात समातिएपछि अधिकारीमाथि पनि सूक्ष्म अध्ययन थालिएको थियो ।

अधिकृत कँडेलसहित, खरिदार दीपक खनाल, नासु उद्धव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे र गोपाल खड्कालाई अख्तियारले सामाखुसीको स्टार पार्टी प्यालेसबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति:July 8, 2020