रास्वपाद्वारा सांसद विकास कोष खारेजीको माग, सङ्कल्प प्रस्ताव दर्ता

  Sampatti News

June 2, 2023

काठमाडौँ । सांसद विकास कोष खारेजीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएका छन्। सांसदले अर्थ मन्त्रालयबाट उक्त कार्यक्रमका लागि तत्काल बजेट विनियोजन कार्य रोक्न माग गरेका हुन्।

आर्थिक स्रोतको उचित उपयोग हुन नसक्ने भन्दै रास्वपाका उपसभापति एवं सांसद डोलप्रसाद अर्याल, सुमना श्रेष्ठ, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, मनिष झा, असिम साह, हरि ढकाल, तोसिमा कार्की र विनिता कठायतलगायतले सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन्। सङ्कल्प प्रस्तावमा असहज आर्थिक परिस्थितिमा यस्तो कार्यक्रमले जनतामा आर्थिक भार थप्छ, बजेटको विश्वासनीयतामाथि नै प्रश्न चिह्न खडा गरेको उल्लेख छ ।

प्रकाशित मिति:June 2, 2023