भारतीय दूतावास अगाडि युवा संगठनले गर्‍यो प्रदर्शन

  Sampatti News Online

June 2, 2023

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले लैनचौरमा रहेको भारतीय दूतावासअगाडि विरोध प्रर्दशन आयोजना गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट संगठनले भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको विरोधमा शुक्रबार विरोध प्रर्दशन गरेको हो।

भारतले आफ्नो नक्साबाट नेपाली भूमि नहटाएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनीसमेत संगठनले दिएको छ ।नेपाली भूमि समेटिएको नक्सा भारतको संसद भवनमा राखेपछि त्यसको विरोधमा उत्रिनु परेको संगठनले जनाएको छ ।

प्रकाशित मिति:June 2, 2023