दलतन्त्र भ्रष्टाचार देशको लागी खतरा

  Sampatti News Online

June 5, 2023

रौतहट २२ जेठ । पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभू साहले दलतन्त्रको कारण आहिले देश खतरामा रहेको बताएका छन्। दलतन्त्रकै कारण देशमा खुलेआम लुट मचेकाले देशको लागी ठूलो खतरा भएको उनले जिकिर गरेका छन्।
गृह जिल्ला रौतहटको फटुवा विजयपुर नगरपालीका पेटभरावामा आयोजीत कार्यकर्ता भेला लाई सम्बोधन गर्दै नेता साहले आहिले जति ठूलो पोस्ट त्यतिनै ठुलो भ्रष्टाचारी पुष्टी भएकाले देशका विकाश असम्भव रहेको टिप्पणि गरेका थिए। आहिले जनप्रतिनिधिको नाउँमा वडा अध्यक्षले लाख भ्रस्टाचार गर्छन् भने मेयरले करोड, प्रदेशले अर्ब र संघमा खर्बको भ्रष्टाचार भइरहेको उनको दाबी छ।
बिगतमा सानाले गलती गर्दा ठूला पदमा बसेकाले न्याय दिन्थे उनले भने तर अहिले ठिक उल्टो भएको छ। नगरपालीकाको बारेमा प्रदेशमा भन्न जाँदा त्यहाँ झन ठूलो भ्रष्टाचारी बसेको छ केन्द्रमा जानुहुन्छ भने त्यसभन्दा पनि ठूलो अब कता जानुहुन्छ उनले प्रतिप्रश्न गरे। अहिले न्यायलयमा पनि खुलमखुल्ला भ्रष्टाचार भइरहेको छ।
जिल्ला न्यायाधीशले कुनै मुद्दामा ५ लाख रुपैयाँ माग्छन भने पुनरावेदनका न्यायाधीशले १५ लाख र त्यहीँ सर्वोच्चका न्यााधीश ५० लाख मागन संकोच गर्दैनन पूर्व मन्त्री प्रभू साहले स्पस्ट पारेका छन्। जनप्रतिनिधिले नगरपालीका र प्रदेशको बजेटको भागबन्डा छोराले मलेसियाबाट कमाएर पठाएको रकमको जस्तो गरिरहेका छन्। यहि स्थिती रहनेहो भने देशको विकास कसर हुन्छ सबैले सोँच्नु पर्ने अबस्था छ। गम्भिर समीक्षा आवश्यक छ।
राजतन्त्रको अन्त्य भयो तर अहिले सैयौं अघोषित राजा भएको दलतन्त्र कायम छ। यो लोकतन्त्रको नाउँमा जनतालाई मुर्ख बनाउने बाहेक केहि होईन। नेता प्रभू साहले लोकतन्त्रमा जनता सर्वोपरी मालीक हुन्छ तर अहिले जनताको सुन्ने कोईछैन। जसरि राणाकालमा प्रहरी प्रशासन देखि कर्मचारी राणाको सुन्थ्यो, राजतन्त्रमा राजाको त्यसैगरि अहिलेको दलातन्त्रमा नेता र उसका चम्चा बाहेक कसैको कुरा सुन्दैन। निर्वाचन पञ्चायत कालमा पनि हुन्थ्यो निर्बाचन भएरै लोकतन्त्र हुँदैन उनले भने सुशासनको निमित, न्याय र सदाचारको निमित दलातन्त्र फाल्नुको विकल्प छैन।
अहीले ठूलो पार्टीेको ठुलो स्वार्थ,सीट को बलमा सरकार, सरकारको बलमा लूटपाट र दादागिरी भइरहेको आरोप लगाए। पार्टीको सवालमा अपराधी लाई छोड्ने सम्मको काम देशको लागी दुर्भाग्य भएको अध्यक्ष साहले दुःखेसो गरे। कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल मेयर प्रत्यासी विजय यादव, लगायतकाले मन्तब्य राखेको जनकपुर बाट प्रकाशित हुने आजको मधेश दृष्टि दैनिक पत्रीकामा रौतहट बाट सञ्जय मिश्राले लेखेका छन्।

प्रकाशित मिति:June 5, 2023