पूर्वमन्त्री उमाकान्त चौधरीलाई मातृशोक,कांग्रेसद्वारा दुःख व्यक्त

  Sampatti News

June 5, 2023

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व मन्त्री उमाकान्त चौधरीलाई मातृशोक परेको छ । उहाँकी आमा मदेशिया थरुनीको आज विहान २ बजे बारा जिल्ला क्षेत्र नं. १ कोल्हवी नगरपालिका वडा नं. ११ स्थित निवासमा निधन भएको छ । वि.सं. २००३ मा जन्मनु भएकी थरुनीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी लगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।

प्रकाशित मिति:June 5, 2023