बालबालिकालाई श्रमिकको रुपमा प्रयोग नगर्न महानगरको चेतावनी

  Sampatti News

June 6, 2023

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा घर, होटल, सार्वजनिक यातायात र ग्यारेजमा बालबालिकालाई श्रमिकको रुपमा प्रयोग नगर्न नपाइने भएको छ । महानगरभित्र १४ र १८ वर्ष मुनिका किशोरकिशोरीलाई श्रममा लगाएको भए १५ दिनमा सामाजिक विकास विभागमा सूचना दिनुपर्ने महानगरले बताएको छ ।

महानगरले जारी गरेको सूचनामा लेखिएको छ,’ यदि कानून विपरीत रहने गरी कसैले होटल, ग्यारेज र सवारीसाधन कारखानामा बालबालिकामा श्रममा संलग्न गराएको पाइएमा कानून बमोजिम कारबाही गरिनेछ ।‘

कसैले घरमा बालबालिकालाई श्रमिकको रुपमा राखिएको भए वडा कार्यालय वा महानगरको ‘केटीएम एप’ मा नियमानुसार १५ दिन भित्रमा सूचीकृत गर्नुपर्नेछ । १५ दिनमा अस्थायी संरक्षणकर्ताको रुपमा सूचीकृत हुन नआएमा बालश्रम राखेको भनी प्रचलित कानून बमोजिम कारबाही गरिने महानगरले जनाएको छ ।

प्रकाशित मिति:June 6, 2023