टेकु अस्पतालमा नर्सका पति झुण्डिएको अवस्थामा मृत फेला

  Sampatti News Online

June 7, 2023

काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नर्सिङ क्वार्टरमा एक जना नर्सका श्रीमान् मृत अवस्थामा फेला परेका छन् ।

नर्स नर्वदा शर्माका श्रीमान् दधिराम भण्डारी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताए । उनका अनुसार भण्डारी सरस्वती कलेजमा कार्यरत कर्मचारी हुन् ।

प्रकाशित मिति:June 7, 2023