June 8, 2023
काठमाडौँ । संघीय संसदअन्तर्गतका दुवै सदनमा बिहीबार पनि आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटका बारेमा छलफल जारी रहने भएका छ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा गत सोमबारदेखि र राष्ट्रियसभामा हिजो बुधबारदेखि सुरू भएको बजेटमाथिको सामान्य छलफल आजपनि जारी रहनेछ।
उक्त छलफलका लागि दुवै सदनको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।
दुवै सदनमा सत्तापक्षका सांसदले बजेटको समर्थनमा र प्रतिपक्षी सांसदले विरोधमा धारणा राख्ने गरेका छन्।
कतिपय सांसदले भने बजेटको कार्यान्वयनमा आशंका गर्दै मिश्रित प्रतिक्रिया दिने गरेका छन्।
प्रकाशित मिति:June 8, 2023
November 23, 2024