गरुडाका मेयर द्धारा बिद्यालय भवनको शिलान्यास

  Sampatti News Online

June 8, 2023

रौतहट २५ जेठ । रौतहटको गरुडा नगरपालिकाको मेयर कन्थमणि जैसवालले बिद्यालय भवनको शिलान्यास गरेका छन। बुधवार एक समारोहका बीच मेयर जैसवालले गरुडा नगरपालिका ६ पोठियाहीमा स्थित श्री प्राथमिक बिद्यालयको २ कोठे भवनको शिलान्यास गरेका हुन ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २२ लाख ५० हजार रुपैयाँ को लागतमा भवन निर्माण हुने विद्यालयले जनाएको छ ।  शिलान्यास समारोहमा मेयर जैसवालले भौतिक पूर्वाधार विकास सँगै शैक्षिक गुणस्तर वृद्धि गराउन समेत गरुडा नगरपालिका अग्रपंक्तिमा रहने प्रतबद्धता जनाएका थिए ।

उक्त अवसरमा गरुडा ६ का वडा अध्यक्ष रामबाबु चौधरी लगायतकाले शिक्षामा जोड दिनुपर्ने विचार राखेका थिए।

प्रकाशित मिति:June 8, 2023