जलवायु न्यायको लागि एक्सन एडको मानव साङ्गलो

  Sampatti News

June 8, 2023

काठमाडौँ । जलवायु न्यायको लागि हालै शुरुवात गरेको अभियान अन्तर्गत एक्सनएड इन्टरनेशनल नेपालले विहीबार जलवायु न्यायको लागि मानव साङ्गलोको आयोजना गरेको छ । मानव साङ्गलो रानीपोखरी, रत्नपार्क हुँदै जमलसम्म विस्तारित थियो । काठमाण्डौंका युवा, महिला र बालबालिका गरी ६५० भन्दा बढी सहभागी थिए । युवा नेतृत्वमा भएको कार्यक्रममा काठमाण्र्डौका विभिन्न समुदायका युवा तथा कलेजका युवाहरुको सहभागिता रहेको थियो । प्रदर्शनमा सहभागीहरुले हात समातेर ऐक्यवद्धता बोकेका व्यानरसहित जलवायु न्यायको माग गर्दै नारा लगाएका थिए ।
शान्तिवाटिकामा सवै सहभागीहरुको जमघटमा कार्यक्रमको समापन भएको थियो । एक्सनएड इन्टरनेशनल नेपालका प्रतिनिधिले जलवायु न्याय अभियानको अडान र नीति स्तर परिवर्तन र यसले प्रतिनिधित्व गर्न सक्ने कुराहरुको बुझाई प्रदान गर्दै यसको मागहरुको बारेमा संक्षिप्त जानकारी प्रदान गर्नु भयो । जलवायु न्याय एयटा ज्वलन्त एजेण्डा भएको र यसले विशेष गरी महिला तथा युवालाई असर गर्ने जानकारी समेत सो अवसरमा दिइएको थियो । कार्यक्रममा युवाको उत्साहजनक सहभागिता रहेको थियो । प्रदर्शनले जलवायु न्याय अभियानलाई अगाडि बढाउन कार्यकर्ता, युवा, महिला, बालबालिका, किसान र जोखिममा परेका जनसंख्यावाट एकता र ऐक्यबद्धता ल्याउने देखिएको छ ।

प्रकाशित मिति:June 8, 2023