तराईमा अझै केहि दिन ‘लू’ चल्ने

  Sampatti News Online

June 9, 2023


काठमाडौँ । देशका तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण त्यहाँ अझै केही दिन ‘लू’ चल्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति:June 9, 2023