रौतहटमा गांजाको प्रयोगले हजारौं युवाको भविस्य अन्यौलमा 

  Sampatti News Online

June 9, 2023

रौतहट २६ जेठ । आजको बालबालिका भोलि देशको कर्णधार हुन ।कुनै पनि देशको विकास अथवा देशलाई अगाडि बढाउन युवाहरुको नै मुख्य भुमिका हुने गर्दछ । तर रौतहटमा जथाभावी लागुऔषध गांजाको प्रयोगले हजारौं युवाहरूको भबिस्य अन्यौल हुँदै गएको छ ।
बिधालय तथा क्याम्पस जाने उमेरमा सैयौ युवाहरु सबै काम छोडेर गांजा खानमा पल्केपछी उनिहरुको भबिस्य अन्यौल तर्फ धकेलिंदै गएको हो । कटहरिया नगरपालिका अन्तर्गत एकदुई गाउँ होइन अधिकांश गाउँका युवाहरु चोरी छिपी बिहानै बेलुकी गांजा तान्ने गरेका छन । केहिले चुरोटमा राखेर केहि चिलममा राखेर त केही आधुनिक युवाहरु मिनरल वाटर पानीको बोतल व अन्य बोतलमा फलामको पाईप जोडेर गांजा खाने गरेका छन ।
यसरी पानीको बोतल अथवा अन्य बोतल प्रयोग गरि गांजा खाने बिधिलाई उनकै भाषामा वाटरगन भन्ने गर्दछन । प्रत्येक दिन बिहान र सांझ प्रायः कटहरिया स्थित माध्यमिक बिधालय वरिपरि, बिधालय छेउ पोखरीको डिलमा,र लालबकैया नदिको पुल तथा नदिको बांध माथी, तथा गाँउमा जहाँ निसुल्क वाईफाई चलेको छ युवाहरुको चहलपहल हेर्न सकिन्छ ।
उक्त युवा समुहमा अधिकांशले चुरोट सल्काएर खान्छन् । उनिहरुले प्रयोग गर्ने अधिकांश चुरोटमा गांजा हुनेगरेको एकजना युवाले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिएका छन । त्यसैगरी चिलम र वाटरगनमा युवाले गाउँ घरमै लुकिछिपी खाने गर्दछन । यसरी लागुऔषध गांजाको प्रयोग पहिले पहिले साधुजोगी र बुढापाखाले मात्र गर्दथे । तर कोरोना महामारीको प्रकोप बढे संगै कटहरियामा गांजा खाने युवाहरूको संख्या बढ्दै गएको छ । लकडाउन पछी कटहरिया मात्रै नभै गरुडा, बृन्दाबन, गुजरा,बाराको आदर्श कोतवाल लगायत दर्जनौं स्थानीय तहका युवाहरू गांजाखान पल्केका छन ।
एकपटक गांजाखान सुरु गरेपछि युवाहरू दिनदिनै गांजाको अलमची हुन थालेका छन । तर स्थानीय प्रहरी जनप्रतिनिधि लगायत कुनै निकायले नियन्त्रण को लागि पहल गरेको देखिएन । कोरोनाको प्रकोप बढेपछि नियन्त्रण गर्न सरकारले नेपालमा पहिलो पटक २०७६ चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । सो समय गाउँ घरमा कसै कसैले गांजा खायो भन्ने कोरोना भाईरसले केही बिगार्दैन भ्रम फैलाए संगै स्थानीय युवाहरु गांजाखान आकर्षित भएको एकजना जानकारले बताएका छन ।
हाल कोरोनाको भ्याक्सिन चलेसंगै रोगको प्रभाव कम हुँदै गएको छ । तर युवाहरु भने झन्झन् गांजा खान अर्थात लागुऔषध सेवनकर्ताको रूपमा बन्दै गएकाले समाजको लागि ठुलो चिन्ताको बिषय बनेको छ । तस्करि मार्फत मकवानपुर जिल्ला बाट रौतहट र बारा जिल्लाको अधिकांश ठाँउमा गांजा ल्याउने गरिन्छ । यसरी ल्याइएको गांजा कटहरिया बजार लगायत रौतहट र बाराको अधिकांश स्थानमा सहजै गांजा खरिद गर्न पाईने हुनाले सो क्षेत्रमा लागुऔषध गांजा प्रयोग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । बर्षौंदेखिको यो बिकृती रोक्न नियमनकारी निकाय तथा युवाका अभिभावकले पनि ध्यान दिएको पाईंदैन । नर्भिक अस्पताल काठमाडौका बरिस्ठ डाक्टर सैलेन्द्र कुश्वाहाका अनुसार युवा अबस्थामा नियमित गाँजा सेवनले सम्पुर्ण शरीरनै प्रभावित हुने बताए । बिस्तारै यादास्त शक्ति कम्जोर हुने,हाई ब्लड प्रेसर ,मुटुरोग,फोक्सो,पेटमा क्यान्सर हुने र मान्सिक अवस्था बिग्रेर अल्पायुमै मृत्यु हुने डाक्टर कुशवाहाले जानकारी दिएका छन ।

संजय मिश्रा

प्रकाशित मिति:June 9, 2023