माछा मार्न जाँदा करेन्ट लागेर एक युवकको निधन

  Sampatti News Online

June 10, 2023

मुगु । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका –१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका भामको दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि उनका साथीहरूले जिल्ला अस्पताल मुगुमा पुर्‍याएका थिए।अस्पतालमा पुगेपछि भामको ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मुगुले जनाएको छ । प्रहरीका अनुसार शव परीक्षणका लागि जिल्ला अस्पताल, मुगुमा राखिएको छ।

प्रकाशित मिति:June 10, 2023