तातो हावाबाट आमनागरिकलाई बचाउन कार्ययोजना बनाउनुपर्ने

  Sampatti News Online

June 10, 2023

काठमाडौं । तातो हावाको लहर तथा लूबाट जनजीवनमा परिरहेको प्रभाव, जोगिने उपाय तथा यस सम्बन्धमा भइरहेका प्रयासका सम्बन्धमा विपद् संवाद राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रमका वक्ताले विभिन्न निकायहरुको भूमिका र जिम्मेवारी स्पष्ट भएको मानवीय कार्ययोजना तथा विषयगत क्षेत्रहरुको योजना आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

तातो हावासम्बन्धी सरकारी निकायका अधिकारीहरु एवं विज्ञहरुले स्थानीय तहको आवश्यकता पहिचान गरी त्यहाँका जनप्रतिनिधिको नेतृत्वमा पूर्वतयारी एवं प्रतिकार्यका कार्य अगाडि बढाउन माग गरे।

तातो हावाको लहर तथा लू बाट प्रभावित भएकाहरुलाई जोगाउन गैरसरकारी एवं परोपकारी संस्थाका साथै विपद् स्वयंसेवकहरुको पनि भूमिका हुनेमा सबैको एक मत रह्यो ।

संवादका क्रममा जल तथा मौसम विज्ञान विभागका उप महानिर्देशक अर्चना श्रेष्ठले यस वर्ष विभिन्न स्थानमा अधिकतम तापक्रम हालसम्मकै उच्च रहेको र यो अवस्था अझै केही दिन रहनसक्ने बताइन्।

प्रकाशित मिति:June 10, 2023