ताराईमा ” स्वयंवर बरमाला ” संस्कृतिकी बिकृति ?

  Sampatti News Online

June 10, 2023

रौतहट २७ जेठ। स्वयंवरको चलन एउटा हिन्दू परंपरा हो जसमा कन्या स्वयंले आफ्नो पती वर चुन्ने गर्दथिन् अनी त्यसैका साथ उसको विवाह हुन्थ्यो।
दमयन्तीको स्वयंवरको दृष्यको चित्रण यो कुराको प्रमाण छ कि वैदिक कालमा यो प्रथा समाजको चारवटै वर्णमा प्रचलित र विवाह को प्रारूप थियो। रामायण र महाभारत काल मा पनि यो प्रथा राजन्य वर्गमा प्रचलित थीयो। तर यसको स्वरूप केही यस प्रकारले संकुचित भएको थियो। राजन्य अर्थात राजपरिवार संग आवद्ध कन्या पति चुन्ने काम स्वयंवरमा गर्थिन तर यो समाज द्वारा मान्यता प्रदान गर्नको निमित्त। कन्यालाई आफ्नो लागि पति छान्ने स्वतंत्रता थिएन। बुबाको शर्त अनुसार पूर्ण योग्यता प्राप्त व्यक्तिनै चुनिन सकिन्थ्यो। पूर्वमध्यकालमा पनि यहि प्रथा प्रचलित रहेको प्रमाणहरू पाईन्छ जून संयोगिताको स्वयंवरमा स्पष्ट देख्न सकिन्छ। दुई शब्द को जोड़ हो ( स्वयं र वर। यसको आशय हो वधू स्वयं ले आफ्नो वर चुन्ने। प्राचीनकालमा भारतमा यहि प्रथा थीयो। जसको अंर्तगत कन्यालाई यो अधिकार थियो कि उ आफ्नो अनुकूल वरको चयन स्वयं गरुन। पार्वती द्वारा भगवान शिव को चयन, सीताको स्वयंवर र द्रोपदीको अर्जुन संग विवाह सधैं यसै परंपराको उदाहरण हो। राम र कृष्ण युगमा यसै प्रथाको साथ वरको शौर्य प्रदर्शन पनि जुडेको थियो। राम को जनकको दरबारमा भगवान शंकरको धनुष उठाएपछि सीता र अर्जुनले माछाको आँखामा बाण ले भेदन गरेपछी द्रोपदी पाएको थियो। त्यसैगरी पौराणिक कालमा एउटा चलन थियो गणधर्व बिवाह। गाउँ समाज भन्दा टाढा बन जंगलमा यात्राको क्रममा,लडाईको क्रममा, कूनै यात्राको क्रममा यदी कुनै कन्याले पतिको रूपमा कसैलाई स्वीकार गर्थिन,त्यो समय उनीहरु दुबैजनाले भगवानको मूर्तिको अगाडी अथवा अग्नी लाई साक्षी राखेर एक अर्कालाई माला लगाएर पति पत्नी मान्ने गर्दथे। त्यस परम्परा लाई गणधर्व बिवाह भनिन्थ्यो। समयको गति संगै ई दुवै परम्परा झण्डै अन्त भइसकेको थियो। पछिल्लो समय सहरी क्षेत्रमा हुने बिवाहमा केटा वा केटी पक्षको माग अनुसार स्वयंवरको स्वरुप बर मालाको आयोजन हुँदै आएको थियो। प्रायः होटल अथवा पार्टीे पैलेसमा हुने बीवाहमा बर मालाको आयोजन हुन्थ्यो। बर मिलेको प्रकृया पुरा भएपछी बेहुला बेहुली दुबैपक्षका आफन्तहरूले पालो पालो बर कन्या लाई आशिबाद दिन्थे, बर कन्या को साथ तस्वीर खिचाउथे र अन्तमा शुभ साईत स्वरुप बर वधुको हातमा नगद दिएर हिँड्ने गर्दथे। ग्रामीण भेगका आम मानिस बर माला लाई खर्चिलो बिवाह तथा एउटा देखावाको रुपमा हेर्ने गरेका थिए। विगत १० बर्ष यता बर माला सहर देखि गाउँसम्म एउटा फेसन बनेको छ। होटल पार्टीे पेलेसमा होस की घरमा बिवाह होस बर माला हुनैपर्ने। होटल पार्टीे पेलसमा बर मालाको लागि छुट्टै व्यवस्था हुन्छ।घर बाट हुने बिहेमा छुट्टै व्यवस्था नभए पनि जन्ती बस्ने पण्डाल मै बर बेहुला बसिरहेका हुन्छन, कन्या बेहुली आफ्नो साथीहरुको साथमा आउँछिन् , एक अर्कालाई माला लगाएर बर मालाको बिधि पुरा गर्दछन। यहाँ पनि दुबै पक्षका आफन्तहरु पालो पालो बर कन्या लाई आशिर्बाद दिने, तस्विर खिचाउने र अन्तमा बर कन्या का साथै कन्याको साथी लाई पनि हातमा नगद दिएर हिँड्ने गर्दथे। यस क्रममा खास गरेर बेहुलाका साथीहरु निकै हाउसिन्थे, बर कन्याको साथमा विभिन्न पोजमा तस्वीर समेत खिचेर उनीहरू रमाउने गर्दथे।
यसरी हुने बर मालाको बिधिमा बढीमा ३० देखि ४५ मिनट लाग्ने गरेको थियो। बर मालाको यस विधिलाई पनि आम मानिसले सहज रुपमा लिनेगरेका थिए। तर विगत पाँच वर्षदेखि बर मालाको बिधि अब परम्परा, देखावा र फेसन नभएर ठगाहरुको लागि बिना लगानि हजारौँ रुपैया कमाउने एउटा ब्यापार बनेको छ। कतै कतै बेहुला बेहुली दुबै पक्षका केही ताठा बाठा मिलेर आफन्त,साथी, चिनेका राम्रा भद्र मानिसहरूलाई आशीर्वाद को नाउँमा जबरदस्ती हजारौँ हजार रुपैयाँ असुली गरेको पाईन्छ। नैतिकता नभएका तथा समाजमा कसले के भन्छ त्यो वास्ता नगरी मात्र नाफाको लागि बाँची रहेका केही दरिद्र मानसिकतामा मानिसहरू बेहुला बेहुली दुबै पक्षका आफन्तहरुको नाम, दुवैजनाको बुबाको साथी,दाजुको साथी, जन्ती गएका भद्र मानिसको नामको पहिलै देखि लिस्ट तयार पारेर राखेका हुन्छन्। मालाको बिधिमा उनका बुबाहरु तथा नजिकका आफन्तहरू आशिर्बाद दिएर जान्छन् त्यसबेला सुरु हुन्छ नियोजित धन्दा। एकजना ताठाले माईक हातमा लिन्छन र लिस्ट अनूसार नाम बोलेर स्टेजमा बोलाउन सुरू गर्छन। उनले यसरी भन्छन अब आउँदै हुनुहुन्छ उहाँ बेहुलाको १ नम्बर साथी उनको माया प्रेम आशिर्बाद सदैब यो परिवारको साथमा छ। तपाईँहरु लाई थाहा छ उनको परिचय मैले दिराख्नु पर्दैन उहाँ आफैमा एउटा आदरणीय ब्यक्तित्व हुनुहुन्छ। यसरी पटकपटक नाम तोकेर माईकले बलाएपछि मान्छे जान बाध्य हुन्छन र स्टेजमा गएपछि उनि भन्दा अगाडी गएकाहरुले कति कति रुपैया दिएका थिए त्यसै अनुसार न चाहेर पनि दिनुपर्ने बाध्यता हुन्छ। यो क्रम घण्टौं चल्छ, आशिर्बाद दिन आउने मानिसलाई निहुरेर ढोग्दा ढोग्दै संगै तस्वीर खिचाउँदा खिचाउँदै बेहुला बेहुलीको हालत खराब हुन्छ। त्यसैगरी बस्दा बस्दा बोर हुन्छन जन्तीहरु तर योजनामा लागेकाहरु मान्दैनन् जबसम्म उनको लिस्ट सकिँदैन। केहि महीना अगाडी एकजना साथीलाई भेट्न म एउटा गाउँमा गएको थिए। साथी भेट हुँदा बसेर भलाकुसारी भरहेको थियो, साथमा गाउँका एकदुई जना अन्य मानिस पनि बसेका थिए। सोही क्रममा अर्का एकजना गाउँले त्यही आएर बस्यो , उनले पहिलै देखि बसेका एकजना गाउँले लाई सोधे दाई आज त तपाईँको साढु भाईको छोराको बिहे होइन किन जन्ती नजानेहो की क्याहो रु यो प्रश्न आएपछी गाउँले एकछिन चिन्तित मुद्रामा भएर जवाफ दिए भाई लुगा कपडा धुलाएर पूरै जाने तयारीमा थिएँ। तर अन्तिममा एउटा कुराले मलाई रोकी दियो ,मेरो दुईजना साढुहरू अलि हुनेखाने परिवारका छन। म मध्यम बर्गिय परिवारको जन्ती जाँदा बर मालामा कहीँ उनीहरूले दुईहजार दरले बेहुला बेहुलीको हालत पैसा दियो भने आफू जेठो भएको कारण कम्तिमा जनही २५ सय दिनुपर्छ। हिजो मात्र धानखेतमा हाल्न मलखाद र औषधी खरीद गरेको थिए हात खाली छ त्यसैले म आफनो सट्टा छोरालाई जन्ती पठाएको छु उनले भने। छोरा बेहुला भन्दा सानो छ उसलाई त्यो समस्या पर्दैन्। अर्थात बर मालाको नाउँमा जबर्जस्ती असुलीको कारण एकजना आफन्त बिहेको अवसरमा चाहेर पनि जान पाएनन। यो त एउटा उदाहरण मात्र हो नजिकिएर हेर्नुहो भने तराई मधेशमा बर मालाको परम्परा एउटा ठूलो बिकृतिको रुप लिएको छ। कैयौं मानिस यसैको कारण नजीकका मानिसको घर परिवारमा बिहेमा सानो उमेरका छोरा लाई पठाएर आफै जान पान्छिरहेका छन। गलत मानसिकता केही मानिसको कारण परम्परागत चलन बदनाम भैरहेको छ। हाम्रो गाउँ समाजमा हुनेगरेको बीहे तथा बर मालाको अवसरमा बर बधू लाई आशिर्बाद दिने उनका आफन्त तथा हितैषी मानिस स्वयं बोलेर उठेर जान्छन आफ्नो गच्छे अनुसारको दक्षिणा पनि दिन्छन। तर जबजस्ती कसैको ईज्जत दाउमा राखेर बर मालाको नाउँमा पैसा असुलेर परम्परा लाईनै बदनाम गर्ने काम अविलम्ब बंद हुनू पर्दछ।

सञ्जय मिश्रा

प्रकाशित मिति:June 10, 2023