नेपाल सरकारका पाँच सचिवको सरुवा

  Sampatti News Online

June 10, 2023

काठमाडौँ । नेपाल सरकारले पाँचजना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले पाँचजना सचिवको सरुवा गर्ने निर्णय गरेको हो। सरकारले राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीलाई श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरेको छ। चार वर्षदेखि योजना आयोगमा कार्यरत भण्डारीले सहसचिवबाट सचिवमा बढुवा भएपछि भण्डारीले पहिलोपटक मन्त्रालय पाएका छन्।

श्रम तथा रोजगार मन्त्रालयका सचिव एकनारायण अर्याललाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा ल्याइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयानारायण ज्ञवालीलाई राष्ट्रिय योजना आयोगमा तानिएको छ। खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाललाई प्रधानमन्त्रीको कार्यालयमा लगिएको छ भने प्रधानमन्त्री कार्यालयमा कार्यरत रामआधार साहलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति:June 10, 2023