उफ् यो गर्मी

  Sampatti News

June 10, 2023

रुपन्देही । बुटवल, भैरहवामा गर्मी अचाक्ली बढेको छ। गर्मीका कारण यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ। बुटवल, भैरहवा सहितका जिल्लाका अन्य सहायक बजारमा चहल पहल घटेको छ।

अत्यावश्यक काममा बाहेक सर्वसाधारण बाहिर निस्कन सकेका छैनन्। सहर चोक चौराहमा दिउँसो चहल पहल घटेको हो। सरकारी कार्यालयमा पनि सेवाग्राहीको संख्या कम छ। स–साना बालबालिका तथा वृद्ध वृद्धाहरूलाई गर्मीले बढी असर गरेको छ।

गर्मीले ज्याला मजदुरी गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन्। फुटपाथमा व्यापार व्यवसाय गर्नेहरू गर्मीको मारमा परेका छन्।

प्रकाशित मिति:June 10, 2023