लेखापढी एसोसिएसन कलंकीमा नयाँ नेतृत्व

  Sampatti News Online

June 11, 2023

काठमाडौँ । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाइ समिति कलंकीको  १२औ अधिवेशनले अच्युत प्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष सोम बहादुर कुँवर, सचिव नारायण कट्टेल,सहसचिव श्रृष्टि घिमिरे कोषाध्यक्ष श्रीराम बलामी, सह कोषाध्यक्ष जीवन लुँइटेल निर्वाचित हुनुभएको छ । सदस्यमा अञ्जु आचार्य, सीता घिमिरे,अरण श्रेष्ठ, माधव कुमार नेपाल,रोमी विक्रम थापा, मुक्तेश्वर खनाल, ऋषिराम धमला चयन भएका छन् । एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले पेशागत हकहितका लागि विविध निर्णय गरेको एसोसिएसनका केन्द्रीय सदस्य बासुदेव मिश्रले जानकारी दिनुभयो । नवनिर्वाचित पदाधिकारीले  सोमबार शपथ ग्रहण गर्ने कार्यक्रम रहेको समेत केन्द्रीय सदस्य  मिश्रले बताउनुभयो ।

प्रकाशित मिति:June 11, 2023