कार्कीको संग्रह “चौध भुवन”  लोकप्रिय हुँदै

  Sampatti News Online

June 11, 2023

रौतहट । दर्जनौं लेखरचना पस्केर छुटै पहिचान बनाएका कथाकार सपुत बहादुर कार्कीद्धारा लेखिएको कथा संग्रह ‘चौध भुवन’ पाठक माझ लोकप्रिय भएको छ ।

  कथाकार  तथा साहित्यकार कार्कीद्वारा लिखित १४ वटा कथाहरूको सङ्ग्रह ‘चौध भुवन’ १ महीना अघि गत बैशाख २२ गते काठमाण्डौमा सार्वजनिक गरिएको थियो ।

कथा‘चौध भुवन’ लाई लेखक, तथा पर्यटन व्यवसायी  धुलिखेलका संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठ र नियात्राकार पोष चापागाईंले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

उक्त कृतिमाथि लेखक तथा शिक्षासेवी डा. बलराम तिमल्सिनाले समीक्षात्मक टिप्पणी गरेका छन ।

 कथा संग्रहमा तिमि नै भन त मैया,कान्छी,पात्रको मृत्यु,म आशा बाडिरहेको छु,अस्वीकृत सहित,फुलवाको विवाह,नियति,गोपाल कुटी,पुस्तक,ट्रेसी,गल्ली नम्बर आठ,सोनफी,राहत र भुस्याहा कुकुर गरी १४ वटा कथा समावेश रहेको कथाकार कार्कीले जानकारी दिएका छन ।

उक्त कथाहरुमा दाइजो प्रथाले गर्दा गरिब,पैसा नहुने पात्रले पाएको पिढा,समाजमा दाइजो प्रतिको दृष्टिकोण,बिदेशीनु परेका पात्रहरुको पिडा र साथीभाइहरुको संगत छुटनुको दुःख आदीलाइ समेटिएको छ ।

रौतहटका परिचित साहित्यकार सञ्जय साहले संग्रह चौद्द भुवनको खुलेरै प्रशंसा गरेका छन।संग्रह चौद्द भुवनको कथाकार सपुत बहादुर कार्कीको २०४५ सालमा पहिलो पागल कथा संग्रह प्रकासित छ ।

नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य रहिसकेका कार्की  बिभिन्न  समाजिक संस्थामा आवद्ध छन । उनि नेपाली कांग्रेस बाट आवद्ध भएर राजनीति समेत गर्दै विभिन्न कार्यक्रमको माध्यमले मूलुकको ७४ जिल्ला तथा १२ वटा देशहरूमा भ्रमण गरिसकेको वताएका छन। उनको दर्जनौ लेख रचनाहरु राष्ट्रीय मिडियाहरुमा प्रकाशित भएको छ।

रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुर निवासी कार्की भुइमान्छेका कथा टपक्क टिप्न सक्ने कथाकारको रुपमा परिचित छन ।

प्रकाशित मिति:June 11, 2023