लालबकैया नदिको पानी पहिलोपटक सुक्यो

  Sampatti News Online

June 12, 2023

रौतहट २९ जेठ । रौतहटको मध्यभाग स्थित लालबकैया नदिमा ईतिहासमै पहिलोपटक पानी सुकेको देखिएकाे छ।जलबायु परिवर्तनको असरले बढेको अत्यधीक गर्मि सङ्गै सात दशकको ईतिहाँसमा पहिलो पटक लालबकैया नदीको पानी सुकेको हो। जङ्गल क्षेत्र भन्दा उतर तर्फ जेजस्तो अबस्था रहेपनि जंगलासहिया घाट देखि दक्षिण अर्थात कटहरिया नगर क्षेत्र देखि देवाहि गोनाही मौलापुर घाट लालबकैया नदिमा वर्षैभरि सबै मौषममा पानिको बहाव हुनेगरेको थियाे। तर पछिल्लो केहि दिनदेखि बढेको गर्मि सङ्गै कटहरिया घाट देखि मौलापुर घाट सम्म लालबकैया नदीको पानी सुकेको छ। 

आफ्नो जीवनकालमा लाल बकैया कटहरिया घाट देखि टिकुलिया मौलापुर घाटसम्म पानी सुकेको पहिलो पटक देखेको वडा ४ का ७० वर्षीय पुनित यादवले  वताए।  माबि कटहरियाका शिक्षक अचल  कुमार शाहीले लालबकैया नदीको पानी सुक्नु सबैको लागि एउटा संदेश भएकाे बताउँदै “पानी बचाउ अभियानका लागि वृक्षारोपण गरि आउदो पुस्ताको भविष्य सुनिश्चित गरौं !” भनेर सबैलाई आग्रह गरेका छन।

प्रकाशित मिति:June 12, 2023