प्रभु साहको प्रश्न– घर भाडासमेत विदेश लगेपछि देश कसरी संवृद्ध बन्छ ?

  Sampatti News Online

June 12, 2023

रौतहट २९ जेठ। दलतन्त्रको ज्यादती कै कारण मुलुकको आर्थिक अवस्था दारासाही भएकाे भनेर पटकपटक आवाज उठाउँदै आएका पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभू साहले आईतवार सदनमा सरकारको गलत नीतिको खुलेरै बिरोध गरेका छन। 

विनियोजन बजेटमाथिको छलफलमा बोल्दै आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष प्रभू सांसद साहले प्रश्न गरे, ‘घर भाडा समेत विदेसिए पछि देश कसरी संवृद्ध बन्छ प्रश्न गरेका थिए।

बर्तमान समयमा उद्योगी,व्यवसायी, सरकारी कर्मचारी, आम सर्वसाधारण उच्चवर्ग देखि राजनीतिज्ञहरूले समेत आफ्नो लगानी विदेशमा लगिरहेको बताउँदै सांसद शाहले चिन्ता व्यक्त गरेका थिए।

 ‘उच्च शिक्षा हासिल गरेका जति पनि युवा शक्ति छन्, उनीहरू विदेश, सम्पन्न र पहुँच भएका मान्छेहरू सबै विदेश, पुँजीपतिहरू सबै विदेश, राजनीतिक पहुँचवालाहरू विदेश, उनीहरुले घर खेत बेचेर विदेश पैसा लगिरहेका छन्’ शाहले भने, ‘यतिसम्म कि घर भाडा समेत विदेश गइरहेको छ । यसरी कसरी देश संवृद्ध हुनसक्छ र ?’ उनले प्रतिप्रश्न गरेका थिए। छलफल गर्न 

सांसदहरूमाथि नै इंकित गर्दै पूर्व मन्त्री तथा आजपा अध्यक्ष साहले भने, ‘यहीँ अगाडि रोहमा रहने माननीय सांसदहरू अवसरको खोजीमा यहाँ रहनुभएको छ, तर उहाँहरूको छोरा–छोरी विदेशमा छन् ।  पुँजी जति सबै विदेशमा थुपारिदिए पछि अनि नेपालमा पैसाको अभाव हुँदैन ?’ साहले भनेका थिए। नेता साहले यस अघि बर्तमान सरकारको दोहरो नितिको कारण देश संकटपूर्ण अवस्थामा रहेको बताउँदै आएका छन। संसारको जुनसुकै देशको मानिस कूनै पनि एउटै देशको नागरिक हुने संवैधानिक व्यवस्था हुन्छ विगतमा नेपालमा पनि थियो। यस अघि नेपालको कुनै मानिस अन्य देशको नागरिक बन्दा यहाँ को सम्पती उसले बाहिर जैनान् पाउने कानूनी व्यवस्था थिएन।  तर केही समय अघि यसै सरकारले एउटा विद्येयक प्रमाणीकरण गरेपछी यहाँको मानिस अन्य देशको नागरिक बन्दा यहाँ को सम्पती संगै बाहीर लैजान सक्ने व्यवस्था अनुसार मूलुक माथी ठूलो घात भएकाे अध्यक्ष साहले दाबी गर्दै आएका छन।

सञ्जय मिश्रा 

प्रकाशित मिति:June 12, 2023