पकिस्तानी राजदूत अबरार एच हाश्मीद्वारा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

  Sampatti News Online

June 13, 2023

काठमाडौँ । नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत अबरार एच हाश्मीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
प्रस्तुतिको क्रममा राजदूत हाश्मीले इस्लामिक गणतन्त्र पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वी र इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफका साथै पाकिस्तानी जनताको व्यक्तिगत स्वास्थ्यको लागि शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले नेपालका राष्ट्रपति र नेपालका मित्रजन जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना समेत गरेका गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले नेपालका लागि पाकिस्तानका राजदूतका रूपमा हाश्मीलाई स्वागत र बधाई दिनुभयो। उहाँले नेपाल र पाकिस्तानका जनताबीचको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै नेपालस्थित राजदूतलाई नेपाल सरकारको पूर्ण सहयोगको आश्वासन पनि दिनुभयो ।

राजदूत हाश्मीले नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध सद्भाव, आपसी विश्वास र सहयोगमा आधारित रहेको बताए ।उहाँले दुवै देशले द्विपक्षीय संयन्त्र र उच्चस्तरीय सम्पर्कलाई पुनरुत्थान गर्नुपर्ने बताउनुभयो । दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य रहेको बताउँदै नेपालले सार्कलाई उच्च महत्व दिएको र सार्कलाई पुनः सक्रिय गर्नमा आशावादी रहेको उहाँको भनाई थियो ।

राजदूत हाश्मीले पाकिस्तानका राष्ट्रपतिले नेपालका राष्ट्रपतिलाई यथाशीघ्र पाकिस्तान भ्रमणको निमन्त्रणा दिनुभएको पनि दोहो-याउनुभयो ।समारोहमा परराष्ट्रमन्त्री, प्रधानसेनापति, राष्ट्रपतिका प्रमुख सचिव, परराष्ट्र सचिवलगायत राष्ट्रपतिको कार्यालय र नेपालको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो । (माधव अधिकारी)

प्रकाशित मिति:June 13, 2023