विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि विविध कार्यक्रम गर्दै नेशनल प्याब्सन, हाजिरीजवाफ प्रतियोगितामा ७८ विद्यालय सहभागी

  Sampatti News Online

June 13, 2023

काठमाडौँ । संस्थागत विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सनले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा नेशनल प्याब्सन काठमाडौ जिल्ला कार्यसमितिले काठमाडौ महानगर कमिटीको संयोजनमा ७८ विद्यालयको सहभागितामा तेस्रो काठमाडौ जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता २०८० सम्पन्न गरेको छ । प्रतियोगितमा युनिभर्सल सेकेन्डरी स्कुल पहिलो, नवजीवन स्कुल एण्ड कलेजले दोश्रो, दिब्य ज्ञान इङलिस बोर्डिङ स्कुलले तेस्रो र आस्था बिद्या मन्दिर स्कुलले चौथो भएका छन् ।एक समारोह आयोजना गरी प्रतियोगिता विजयी सहभागीलाई सोमबार पुरस्कार वितरण गरिएको छ ।समारोहमा नेशनल प्याब्सन पूर्व केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाही, काठमाडौ जिल्ला अध्यक्ष खडक बहादुर बस्नेत, नागार्जुन नगर कमिटी अध्यक्ष शिवराम गिरी, वाग्मती प्रदेश उपाध्यक्ष डिएन महतो लगायतले बोल्नुभएको थियो । विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता जेठ २५ गते सुरु भएको थियो ।कार्यक्रम नेशनल प्याब्सन काठमाडौ महानगर कमिटी अध्यक्ष भीष्म पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।रचनात्मक क्रियाशीलताका कारण नेशनल प्याब्सनप्रति निजी विद्यालयको आकर्षण बढ्दै गएको छ ।

प्रकाशित मिति:June 13, 2023