अब्बल मुख्यसचिव वैरागी

  Sampatti News Online

June 13, 2023

काठमाडौँ । शंकरदास बैरागी नेपाल सरकारको २५औँ मुख्यसचिव हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका सचिव रहनुभएका वैरागीलाई नेपाल सरकारले तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामापछि मुख्य सचिव नियुक्त गरेको थियो । नेपाल सरकारको समग्र कार्यसञ्चालनमा मुख्य प्रशासकका रुपमा उहाँले निरन्तर क्रियाशीलताका साथ एक अब्बल मुख्यसचिवको छवि बनाइसक्नुभएको छ । प्रशासन तथा कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेपका बावजुद पनि वैरागीको सक्रियता सराहनीय छ ।

मुख्यसचिवका रुपमा वैरागीको अहोरात्र सक्रियता


बारम्बार सचिव बैठक राखेर मन्त्रालयको प्रगतिको जानकारी लिने कार्य गर्दै आउनुभएका वैरागीले परराष्ट्रसचिवले मुख्य सचिव चलाउन गाह्रो हुने आरोपलाई गलत सावित गर्नुभएको छ । एउटा कुशल मुख्यसचिवमा हुनुपर्ने सबै गुण उहाँमा विद्यमान छन् । तीन तहकै सरकारले जबाफदेही, मितव्ययी, चुस्त सेवा प्रवाह र आर्थिक अनुशासन कायम गर्ने विषयलाई जोड दिनुपर्ने धारणा व्यक्त गर्नुहुने मुख्यसचिव वैरागीले सङ्घीयतामैत्री सोच र कार्यशैलीमा सुधार हनुपर्नेमा जोड दिँदै आउनुभएको छ ।

मुख्यसचिवको हैसियतले नेपाल सरकारका मन्त्रालय, सचिवालय, केन्द्रीयस्तरका कार्यालय वा मातहत निकाय, आयोजना, कार्यालयको प्रगति विवरण लिने वा लिन लगाउने, त्यसको समीक्षा गर्ने वा गराउने वा तत्सम्बन्धमा आवश्यक निर्देशन दिने कार्य उहाँले प्रभावकारी ढंगले गरिरहनुभएको छ ।

विभिन्न मन्त्रालय, सचिवालय, केन्द्रीयस्तरका कार्यालय वा मातहतका निकाय, आयोजना, कार्यालयबाट कुनै उपयोगी, उदाहरणीय, सृजनात्मक, अन्वेषणात्मक वा अनुसन्धानात्मक कार्य भइरहेको छ भन्ने कुराको कुनै स्रोतबाट जानकारी प्राप्त हुन आएमा वा निरीक्षणबाट सो कुरा देखिन आएमा सम्बन्धित पदाधिकारीलाई आवश्यकता अनुसार प्रोत्साहन गर्ने वा गराउने कार्य समेत उहाँले प्राथमिकता दिनुभएको छ ।

कुनै मन्त्रालय, सचिवालय, केन्द्रीयस्तरका कार्यालय वा मातहतका निकाय,आयोजना, कार्यालयहरुको निरीक्षणबाट प्रचलित कानून, नेपाल सरकारको नीति, कार्यक्रम वा निर्णयको विपरित कुनै कार्य भइरहेको वा हुन सक्ने सम्भावना रहेको छ भन्ने जानकारी हुन आएमा त्यस्तो कार्य हुन नदिन वा हुनबाट रोक्न सम्बन्धित पदाधिकारीको ध्यानाकर्षण गर्ने वा गराउने कार्य समेत वैरागीको प्राथमिकतामा छ ।

वैरागीमा छैन विदेश मोह

प्रायः मुख्यसचिव अवकाशको पूर्वसन्ध्यामा राजदूत बन्ने दौडमा संलग्न भई न्यायेचित व्यवस्थापन भन्दै विभिन्न देशको राजदूत नियुक्त भई गएको दृष्टान्त सबैसामु स्पष्ट छ ।तर वैरागीमा विदेशप्रतिको मोह देखिँदैन । परराष्ट्र सेवामा कार्यरत रहँदा नै उहाँले वैदेशिक नियोगमा काम गरी पर्याप्त अनुभव हासिल गरिसक्नुभएको छ ।जागिरे जीवनको पूर्वार्धमा पनि नेपाल र नेपालीको सेवामा नै रमाउने वैरागीको चरित्र सबैका लागि अनुकरणीय छ ।विगतका मुख्यसचिवको पृष्ठभूमि परराष्ट्र सेवा नभएका कारण कुटनीतिक मामिलामा तुलनात्मक रुपमा कमजोर देखिएपनि वैरागीसँग परराष्ट्रको लामो अनुभव भएका कारण अन्तर्राष्ट्रिय सम्बन्धमा नेपाल सरकार चुकेको छैन ।

परराष्ट्र सेवामा वैरागीको योगदान

बैरागीले २०१४ फेब्रुअरीदेखि १० अक्टोबर २०१५ सम्म नेपालको कार्यवाहक परराष्ट्र सचिव/कार्यवाहक विदेश सचिवको रूपमा काम गर्नुभएको थियो। उहाँ संयुक्त राष्ट्र संघको कार्यालय, विश्व व्यापार संगठन र जेनेभामा रहेका अन्य अन्तर्राष्ट्रिय संस्थाका साथै अन्तर्राष्ट्रिय संस्थाहरूमा नेपालको राजदूत/स्थायी प्रतिनिधि हुनुहुन्थ्यो। उहाँले इटाली गणतन्त्रको समवर्ती मान्यताको साथ स्विस कन्फेडेरेसनमा नेपालको असाधारण राजदूत र पूर्णाधिकारीको रूपमा सेवा गर्नुभएको थियो ।


बैरागीले २०१३ मा विश्व व्यापार संगठनका लागि नेपालको राजदूत तथा अतिकम विकसित देशहरूको परामर्शदाता समूहको संयोजकको रूपमा काम गर्नुभयो ।राजदूत र स्थायी प्रतिनिधिको रूपमा आफ्नो कार्यकालमा बैरागीले संयुक्त राष्ट्र मानव अधिकार परिषद्, विश्व स्वास्थ्य सम्मेलन, शरणार्थीहरूका लागि संयुक्त राष्ट्र उच्चायुक्तको कार्यकारी समिति लगायतमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो। उहाँले जेनेभामा सम्पन्न विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन र बैठकहरूमा पनि सहभागिता जनाउनुभएको थियो ।

बैरागीले नयाँ दिल्लीस्थित नेपाली दूतावासको दोस्रो/प्रथम सचिव (अगस्ट १९९५–मे १९९८), काउन्सिलर/मन्त्री–काउन्सिलर/डेपुटी चिफ अफ मिसन, बेनेलक्स देशहरूमा नेपाली दूतावास र नेपालका लागि नियोगको रूपमा काम गर्नुभएको थियो। उहाँलाई अष्ट्रेलियाको क्यानबेरामा आवासीय दूतावास स्थापना गर्ने जिम्मा समेत दिइएको थियो।

बैरागी नेपालका राष्ट्रपतिको चीन ९२०१९०, म्यानमार ९२०१९०, जापान ९२०१९०, कतार ९२०१८०, संयुक्त राष्ट्र संघ ९२०१९०, भारत ९२०१७० को राज्य/आधिकारिक भ्रमणका क्रममा आधिकारिक प्रतिनिधिमण्डलमा सदस्य समेत रहनुभएको थियो । नेपालका प्रधानमन्त्रीको भारत ९१९९१, २००४, २०१६, २०१७, २०१८०, चीन ९२०१६, २०१७, २०१८०, फ्रान्स ९२०१९०, बेलायत लगायतका देशको आधिकारिक भ्रमणका क्रममा पनि उहाँलाई प्रतिनिधिमण्डलमा समावेश गरिएको थियो।
उहाँले नोभेम्बर २०१८ मा पहिलो विश्वयुद्धको अन्त्यको शताब्दी समारोहको स्मरणार्थ पेरिस शान्ति फोरममा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।

उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को उच्चस्तरीय बैठक लगायत विभिन्न उच्चस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको सदस्यका रूपमा सहभागिता जनाइसक्नुभएको थियो । सन् २०१४ नोभेम्बर र अगस्ट २०१८ मा काठमाडौंमा १८औँ सार्क शिखर सम्मेलन र चौथो बिमस्टेक शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गराउन उहाँ सक्रियतापूर्वक संलग्न हुुनुहुन्थ्यो । उहाँले सार्क स्थायी समिति र बिमस्टेकका वरिष्ठ अधिकारीका थुप्रै बैठक र सत्रको अध्यक्षता समेत गर्नुभएको थियो ।

उहाँले संयुक्त राष्ट्र संघको महासभा ९१९९४, २००५, २००९, २०१०, २०११, २०१४, २०१५, २०१६, २०१७, २०१८० नेपाली प्रतिनिधिमण्डलको सदस्यको रूपमा, एसियाली–अफ्रिकी महासभाको ६०औँ वार्षिकोत्सव र एशियन–अफ्रिकन नयाँ सम्मेलनमा पनि भाग लिइसक्नुभएको छ ।वैरागीले चीन, बेलायत, जापान, क्यानडा, ब्राजिल, ईयू, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया, टर्कीलगायत देशसँग द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा परराष्ट्र मन्त्रालयको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।

निजामती सेवामा प्रवेश

मुख्यसचिव वैरागी वि.सं. २०४४ सालमा नेपाल परराष्ट्र सेवाबाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ २०७२ सालमा परराष्ट्र सचिव भएका थिए । त्यसअघि १ वर्षभन्दा लामो अवधि उहाँले सोही मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी वहन गर्नुभएको थियो । परराष्ट्रको इतिहासमै सबैभन्दा लामो समय निमित्त सचिव हुने बैरागी पहिलो व्यक्ति हुनुहुन्छ । उहाँलाई परराष्ट्र मामिला विज्ञका रुपमा लिइन्छ । बैरागीले सहसचिव हुँदा संयुक्त राष्ट्रसङ्घका लागि आवासीय प्रतिनिधि तथा जेनेभाका लागि स्थायी प्रतिनिधि र त्यसअघि अस्ट्रेलियास्थित दूतावासको उपप्रमुखको भूमिका निर्वाह गर्नुभएको थियो । मन्त्रालयमा वैरागीले बहुपक्षीय आर्थिक मामिला महाशाखाको सहसचिव, युरोप अमेरिका डिभिजन, दक्षिण एसिया डिभिजन र सार्क शाखाका लागि उपसचिव, भारत र भुटान शाखाका साथै संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय विभागका लागि डेस्क अधिकृतलगायत विभिन्न पदमा रहेर काम गर्नुभएको थियो ।

जन्म र शिक्षा
मुख्य सचिव बैरागीको जन्म वि.सं. २०२२ साल माघमा पर्वत जिल्लामा भएको थियो । उहाँले नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक तह र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको औपचारिक अध्ययन गर्नुभएको छ । त्यस्तै उनले ब्रेसल्सको फ्री विश्वविद्यालयबाट विकास विषयमा स्नातकोत्तर उपाधि समेत हासिल गर्नुभएको छ ।

प्रकाशित मिति:June 13, 2023