नागरिकता विधेयकविरुद्धको रिट हेर्न नभ्याइनेमा

  Sampatti News Online

June 13, 2023

काठमाडौँ । सर्वोच्च अदालतमा परेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ ।नागरिकता विधेयकविरुद्ध परेको रिट मङ्गलवार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासमा परेको थियो।

मङ्गलवार दिउँसो खाजापछि उक्त रिट हेर्ने भनिएको थियो। बहस गर्न दुवै पक्ष उपस्थित हुन भनिएको थियो। तर खाजा समयपछि अन्य दुइटा मुद्दा पनि हेर्न बाँकी रहेको हुँदा हेर्न नभ्याइनेमा राखिएको हो।

प्रकाशित मिति:June 13, 2023