पाकिस्तानी राजदूतले गरे निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण

  Sampatti News Online

June 13, 2023

काठमाडौँ । पाकिस्तानी राजदूतावासले १०औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता र छैठौं वार्षिक राजदूत अफ पाकिस्तान वक्तृत्वकला प्रतियोगिताको पुरस्कार एक समारोहबीच मंगलबार वितरण गरेको छ । राजदूत अबरार एच हाश्मीले विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए ।

यस वर्षको निबन्ध लेखन प्रतियोगिताको विषय “सार्क – यसलाई कसरी क्षेत्रीय समृद्धिका लागि प्रयोग गर्न सकिन्छ“ थियो। निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई स्मारिका र नगद पुरस्कारसहित स्वर्ण, रजत र कास्य पदक प्रदान गरिएको थियो। विद्यार्थीहरुलाई सान्त्वना नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।

“हाम्रो जीविकोपार्जनमा जलवायु परिवर्तनको प्रभाव – दक्षिण एसियामा साझा चुनौती” विषयक वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट हुनेलाई पनि स्वर्ण, रजत, कांस्य पदकका साथै स्मारिका र नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसपछिका तेह्र उत्कृष्ट विद्यार्थीहरूले पनि स्मारिका र नगद पुरस्कार प्राप्त गरे।

दुई प्रतियोगितामा ३८ उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालयका विद्यार्थीसम्म नेपाली विद्यार्थीहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।राजदूत हाश्मीले सहभागी विद्यार्थीहरुको आलोचनात्मक सोचको प्रशंसा गर्दै भविष्यका चुनौतिहरुको सामना गर्न आह्वान गरे । राजदूतले दुई देशबीचको युवा अन्तरक्रियाको महत्वलाई चिरस्थायी पुलको रुपमा उजागर गरे ।

विगत ५ र १० वर्षदेखि क्रमशः प्रत्येक वर्ष लगातार आयोजना हुने यी दुई प्रतियोगिता नेपाली युवाहरूमाझ निकै लोकप्रिय भएका र देशभरका प्रतिभाशाली विद्यार्थीलाई आकर्षित गर्ने गरेका छन् ।

प्रकाशित मिति:June 13, 2023