संघीय संसदमा पत्रकारमाथि भएको दुव्र्यवहारप्रति महासंघको विरोध

  Sampatti News Online

June 14, 2023

काठमाडौँ । संघीय संसदमा समाचार संकलनका क्रममा पत्रकार शम्भु दंगाललाई मर्यादापालकबाट गरिएको दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
जेठ ३० गते मंगलबार प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितिले संकक्रमणकालीन न्यायसम्बन्धी विधेयकका लागि गठन गरेको उपसमितिको बैठकको निमन्त्रणा पाएका रातोपाटी डटकम अनलाइनमा कार्यरत दंगाललाई मर्यादापालकबाट समाचार संकलनमा जुटिरहेको अवस्थामा माथिको ओदश भन्दै पाखुरामा समातेर बाहिर निकालेका थिए ।
स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटिरहेका पत्रकारमाथि गरिमामय संसद्को मर्यादापालकबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरुद्ध रहेको छ । महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान र ख्याल गरी यस्ता घटना दोहोरिन नदिइ प्रेसमैत्री वातावरण तयार पार्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

प्रकाशित मिति:June 14, 2023