मेयर शम्भु साह द्धारा विपन्न मजदुरलाई खाद्यान बितरण

  Sampatti News Online

June 16, 2023

रौतहट १ असार। रौतहटको सदरमुकाम गौर नगरपालिकाको मेयर शम्भु साहले विपन्न मजदुर परिवारलाई खाद्यान बितरण गरेका छन्।

  साहले दैनिक ज्यालादारी गर्ने,भारी बोक्ने तथा ठेला चलाएर गुजारा गर्ने परिवार लाई  राहत स्वरुप खाद्यान बितरण गरेका हुन्।

पछिल्लो समय तराई मधेसमा बढेको गर्मीको कारण समस्यामा परेका परिवार लाई मेयर साहले आवश्यक्ता अनुसारको  खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको नगरपालीकाले जनाएको छ।

नगर प्रमुख शम्भु साहको पहलमा गैर सरकारी संस्था आरडीसी  ले समेत राहत तथा खाद्यान्न उपलब्धता गराएको प्रमुख प्रशासकिय अधिकृत शुभाष ठाकुरले जानकारी दिएका छन।

प्रकाशित मिति:June 16, 2023