लागूपदार्थ सेवन गरी सवारी चलाउने ५ जना पक्राउ

  Sampatti News Online

June 16, 2023

काठमाडौं । काठमाडौंको नागढुंगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।  

नियन्त्रणमा लिएका ‍सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ। 

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले आज‍ २० वटा सवारी साधनका चालकलाई चेक गर्दा ५ जना भने लागूपदार्थ सेवन गरी  सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए। 

प्रकाशित मिति:June 16, 2023