मोटर बाट करेन्ट लागेर रौतहटमा २ युवकको मृत्यु

  Sampatti News Online

June 17, 2023

रौतहट २ असार। मोटर बाट करेन्ट लागेर रौतहटको दक्षिणिभेग बौधीमाई नगरक्षेत्र अन्तर्गत  गएराती २ जना युवकको ज्यान गएको छ। मृत्यु हुनेमा बौधिमाई ५ कोपवा गाउँका अमर साहको छोरा वर्ष २५ को अरुण साह र भिखारी पण्डितका छोरा वर्ष २६ को  सिताबी पण्डित रहेकाे जिल्ला प्रहरी प्रवक्ता डिएसपि उमाशंकर यादवले बताएका छन।

शुक्रवार राती साढे ८ बजे घरको आँगनमा रहेकाे ट्युवेल धारामा विद्युत मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुण साह लाई विद्युत प्रवाह भएर करेन्ट लागेको थियो। करेन्ट लागेको साह लाई संगै रहेका साथी पण्डितले बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेर दुवैजना अचेत भएका थिए। तत्काल एम्बुलेन्स बाट दुवैजना लाई उपचारको लागि प्रादेशिक अस्पाताल गौर लैजाँदा डाक्टरले दुवैजना लाई मृत घोषणा गरेको डिएसपि यादवले जानकारी दिएका छन। घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सञ्जय मिश्रा 

प्रकाशित मिति:June 17, 2023