प्रेस युनियन रौतहटको अध्यक्षमा शिवाकोटी चयन

  Sampatti News Online

June 17, 2023

रौतहट २ असार । नेपाल प्रेस युनियन रौतहट शाखाको अध्यक्षमा प्रीमेस शिवाकोटी चयन भएका छन्। प्रेस युनियन रौतहटको शुक्रवार चन्द्रनिगाहपुरमा सम्पन्न  छैटौँ अधिबेशनले  शिवाकोटीको नेतृत्वमा १३ सदस्सिय कार्य समिती सर्वसम्मत  चयन गरेको हो ।

  नवगठित समितीको उपाध्यक्षमा खुलातर्फ राजेश्वर पाण्डे र समावेसी उपाध्यक्षमा दिपुकुमार मिश्र,सचिबमा सागर हुमगाई,उप-सचिबमा राम प्रकाश चौधरी,कोषाध्यक्षमा लक्ष्मी बस्नेत चयन भएका छ्न । त्यस्तै सदस्यहरुमा राजेश पौडेल ,बिश्नु आचार्य,बिबेक चौधरी,मो.मोजिबुल्लाह,मनोज यादब,मो.ओजिर आलम र प्रेम यादब चयन भएको युनियनले जनाएको छ।

  प्रेस युनियन केन्द्रीय प्रतिनिधी गणेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसनमा नेपाल पत्रकार महासङका केन्द्रिय सदस्य शिब पुरी,प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की,निवर्तमान युनियनका जिल्ला अध्यक्ष यादबराज पुरी लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति:June 17, 2023