रौतहटमा सशस्त्रद्वारा भारतीय नम्बर पेल्टको बोलेरो बरामद

  Sampatti News Online

June 18, 2023

रौतहट ३ असार ।  रौतहट स्थित सशस्त्र प्रहरीको टोलिले भारतीय नम्बरको बोलरो गाडी बरामद गरेको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी अस्थाई बेस क्याम्प दुधियाभारका प्रमुख इन्स्पेक्टर आवेश पुन को कमाण्डमा गएको टोलिले शिवनगर स्थित उक्त गाडी बरामद गरेको हो।

इन्सपेक्टर पुनको टोलिले गरुडा ५ शिवनगर स्थित चेकजाँचको क्रममा भन्सार महशुल नतिरेको बिआर २२ प १९५७ नम्बरको भारतीय बोलेरो गाडी बरामद गरेको  सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेक्वा रौतहटका प्रमुख एसपी माधव रेग्मीले बताएका छन ।  बरामद गाडीको ७ लाख रुपैयाँ मूल्यांकन सहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको एसपी रेग्मीले जानकारी दिएका छन । पछिल्लो समय राैतहटमा भारतिय गाडीको अत्यधिक चहल पहल बढेको छ।  

प्रकाशित मिति:June 18, 2023