मधेशमा भईरहेको भ्रष्टाचार विरुद्ध प्रतिकार गर्ने आमजनता पार्टीको निर्णय

  Sampatti News Online

June 18, 2023

रौतहट ३ असार। पूर्व मन्त्री तथा आम जनता पार्टी का अध्यक्ष प्रभु साहले मधेश प्रदेशमा भईरहेको भागबण्डा र बिक्री वितरण सहितको भ्रष्टाचार विरद्ध जनसंघर्षको अपरिहार्य आवश्यकता रहेकाे जिकिर गरेका छन।
शनिवार जनकपुरमा आम जनता पार्टी द्वारा आयोजित  अगुवा कार्यकर्तासंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले शुक्रवार मधेश सरकारले ल्याएको बाँड्ने,चाट्ने र लुट्ने बजेटको विरोध गर्ने समेत निर्णयमा पुगेको बताएका थिए  । अध्यक्ष साहले यो बजेट आम जनताको नभभै नेता मुखी भएकाे आरोप लगाएका छन।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ। उनले बजेट आफ्नो आसोपासे कार्यकर्तालाई मात्र काम लाग्ने वजेट भएकोले त्यस्ता बजेट ल्याउने प्रती आम जनतालाई विरोध गर्न ,आफ्नो कार्यकर्तालाई विरोध सहित आम जनतालाई बुझाउने कार्य काम गर्न समेत निर्देशन दिएका थिए। उक्त अवसरमा आजपा  केन्द्रीय कमिटी देखी जिल्ला स्तरको नेता तथा कार्यकर्ताहरु उलेख्नीय उपस्थित थिए।

प्रकाशित मिति:June 18, 2023