मेयर उपमेयर बीच बिवादले देवाही गोनाहिको सम्पुर्ण कामकाज प्रभावित

  Sampatti News Online

June 18, 2023

रौतहट ३ जेठ। रौतहटको देवाही गोनाहि नगरपालीकामा मेयर प्रेमलाल साह र उपमेयर परानिया देवी पटेल बीच विवाद हुँदा विकास निर्माणका साथै नगरको सम्पूर्ण कामकाज प्रभावित भएको छ।  नगर स्थित सरकारी अस्पताल आहिले चर्चाको विषय बनेको छ। यो अस्पतालको बिषय चर्चामा भएपनि यस बाहेक नगरको सम्पूर्ण कामकाज प्रभावित भएको छ।  नगरपालीकाको उपमेयर  र अस्पतालका प्रमुख डाक्टरले छुट्टाछट्टै अस्पताल अलपत्र हुनुमा आफूहरुको कुनै दोष नरहेको सफाई दिएका छन। दुईदिन अघि एकजना कलाकारले अस्पतालको अबस्था बारे सामाजिक सञ्जाल फेसबुकमा भिडियो राखेपछि उपमेयर परणिया देवी पटेल र अस्पतालका डाक्टरले सनिवार सफाई दिने प्रयास गरेको देखिन्छ।

उपमेयर पटेलले अस्पतालको लागि १ करोड रुपैयाँ छुट्याएकोले सेवा प्रभावित हुनुमा मेयर र स्वास्थ प्रमुख दोषी रहेको दावी गरेकी छिन। त्यसैगरी अस्पातालका प्रमूख डाक्टरले भने नगरपालीकाले माग अनुसारको औषधि तथा जनशक्ती नदिएकाले सेवा प्रभावित भएको भन्दै पन्छिएका छन। तर एकवर्ष देखि अस्पतालको अबस्था दयनीय हुँदा कसैकाे ध्यान नगएको स्थानीयहरूले बताउँदै आएका छन।

गोनाही अस्पतालमा भाडामा एक्सरे मेसिन ल्याएर केहि समय अघि संचालन गर्नु र हाल अचानक एक्सरे मेसिन गायब भएको छ। अस्पतालमा रहेको भिडीयो एक्सरे मेसिन सञ्चालन भएकाे छैन।

सरकार बाट प्राप्त हुने औषधि मध्ये मात्र १० ।१५ किसीमको छ भने अस्पतालमा सामान्य औषधि रुवा, पटी, सिरिन्ज जस्ता सामान नहुँदा दैनीक उपचार गराउन आउने बिरामी मर्कामा परेका छन।

डेवाही गोनाहिमा मेयर उपमेयर बीच लामोसमय देखि चलेको बिवादको कारण अस्पताल मात्र नभई सम्पुर्ण विकास निर्माणको काम समेत प्रभावित भएको छ। नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृतको रूपमा उपसचिव शम्भु यादव आईसकेका छन्। नया प्रशासकीय अधिकृत यादव लाई हाजीर हुन दिनेकी नदिनेमा मेयर उपमेयर पक्ष बीच ठूलो बिवाद भएकाे थियाे। उक्त विवादकै बीच नया प्रशासकीय अधिकृत यादवले शुक्रवार आफ्नो कागजात नगरपालीकामा विझाईसकेका छन। उक्त अवसरमा कुनै बिवाद नहोस भनेर नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका गरी १५० भन्दा बढी जनशक्ती उपस्थित राहेका थिए। गृह प्रशासनमा काम गरिसकेका नया प्रमुख प्रशासकिय अधिकृत शम्भु यादवले बिशेषरुपमा पहल गरेर मेयर प्रेमलाल साह र उपमेयर प्रणीया पटेल लाई मिलाउनेमा नगरबासी विश्वस्त रहेको जिल्ला समन्वय समिति रौतहटका पूर्व उप सभापती रामअसिस यादवले बताएका छन। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभू साह तत्कालिन एमालेका प्रदेश अध्यक्ष रहेको समय देवाही गोनाही नगरपालीकाका मेयर प्रेमलाल साह र उपमेयर परणिया देवी पटेल दुवैजना एमालेको टीकट बाट चुनावमा निर्वाचित भएका थिए । गत संसदिय निर्वाचनमा प्रभू साह एमाले छोडेर आमजनता पार्टी दर्ता गराए पनि मेयर उपमेयर भने एमाले मै रहेकाे देखिन्छ।  तथापि दुवैजना बीच बिवाद भएकाे कारण नगरको सम्पूर्ण कामकाज प्रभावित भएकाले दुवैजना लाई मिलाउन एमाले पार्टी नेतृत्वले  तत्काल पहल गर्नुपर्ने अवस्था देखिन्छ।

प्रकाशित मिति:June 18, 2023