नागरिकताविहीनहरु आत्महत्या गर्न थाले: अब्दुल खान

  Sampatti News Online

June 18, 2023

 जनमत पार्टीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य अब्दुल खानले नागरिकताविहीनहरु श्रृंखलाबद्धरुपमा आत्महत्या गर्न थालेको कुरा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्रीसमेत रहेका सांसद खानले नागरिकता नपाएर युवाहरु आत्महत्या गरिरहेकोप्रति सरकारलाई गम्भीर हुन् आग्रह गरेका छन् ।

शुक्रबार सुनसरी जिल्लाको दुहबी नगरपालिकाका हरिनारायण मण्डलले नागरिकताका लागि वडा कार्यालयबाट सिफारिस माग गर्दा अपशब्द प्रयोग गरेकोले आत्महत्या गरेको उनले संसदमा बताए ।

यस्तै, मोरङ जिल्लाको धनपालथान–४ का २२ वर्षीय निरज कुमार झाले बाबुको जन्मसिद्ध नागरिकता र आमाको वंशज नागरिकता हुँदाहुँदै पनि नागरिकता नपाउँदा शनिबार आत्महत्या गरेका छन् ।

सांसद खानले दलभन्दा माथिा उठेर पीडितहरुलाई न्याय दिलाउन आग्रह गर्दै भने, ‘जनता रहेन भने कसका लागि राजनीति गर्ने ? केको लागि राजनीति गर्ने ?’

प्रकाशित मिति:June 18, 2023