निर्माणको काम  पुरानहुँदै ठेकदार (प्रदेश सांसद)ले भुक्तानी कसरी पाए प्रभू साहको प्रश्न

  Sampatti News Online

June 19, 2023

रौतहट ३ असार । आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष एवम पुर्व मन्त्री प्रभू साहले पूल निर्माणको काम पूरा नहुँदै ठेकदार ले पुरा भुक्तानी कसरी पाए प्रश्न गरेका छन।  रौतहट क्षेत्र नं ३ को संघिय सांसद समेत रहेका  साहले 

बिरगंज, कलैया, कटहरिया जोड्ने मुख्य सडक खण्ड अन्तर्गत मालाही गाउँ छेउको पूल निर्माणको काम पूरा नहुँदै ठेकदारले पुरा भुक्तानी कसरी पाए प्रश्न गरेका थिए। त्यसैगरी उनले  गण्डक जोडने पूल बंङगरी र दूधौरा ,खोला पुल भत्केर आवत जावतमा स्थानीयलाई समस्या भएको हुँदा  सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको भन्दै सरकारको ध्यान आकर्षण गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा सुन्य समयमा बोल्दै साहले सरकारलाई त्यसबारे जानकारी गराएका हुन्।

यस्तै रौतहट जिल्लाको कलैया कटहरिया सडक खण्ड अन्तर्गत पर्ने मलाही पेटभर्वा पुलको केहि दिन अगाडी निरिक्षण गर्दा त्यो पूल झण्डै २०७० सालमा ठेका भएको थियो। तर जिल्ला समन्वय समितिले २५ % कामै न गरि ठेकेदारलाई पूरा भुप्तानी गरिएको रहस्य पाइएको छ।  त्यती मात्रै होइन धरौटी पैंसा समेत ढेकेदारले पाइसकेको छ पूर्व मन्त्री प्रभू साहले सदनमा आवास उठाएका छन्। अहिले रातको दिन र दिनको रात बनाउँने भ्रष्ट कर्मचारीलाई कानुनको दयारा ल्याउने काम चाँडै होस् सम्बन्धित निकाय संग प्रभू साहले सभामुख मार्गत सरकारलाई ध्यान आकर्षण गराएका हुन ।

यस अघि जिल्ला समन्वय समिति रौतहटका सभापती नेपाली कांग्रेस का राम एकवाल यादव हुँदा तत्कालिन ठेकेदार हाल प्रदेश सांसद नागेन्द्र साहले निर्माण गरेको पुलको काम पूरा नहुँदै धरौटी समेत भुक्तानि लिएका थिए।

  सञ्जय मिश्रा

प्रकाशित मिति:June 19, 2023