छिनछिनमा विद्युत लाईन कट्दा रौतहटबासी हैरान

  Sampatti News Online

June 19, 2023

रौतहट ४ असार। पछिल्लाे समय रौतहटको अधिकांस स्थानमा छिनछिनमा विद्युत लाईन कट्नेगरेको कारण जिल्लाबासी हैरान भएका छन्। बिहानै देखी हुने प्रचण्ड गर्मिको समय विद्युत लाईन अवरुद्ध हुँदा स्थानियहरु थप समस्यामा परेका छन। जीलाको उतरिभेग चन्द्रनिगाहपुर, कतहरियामा   केही दिनयता पटकपटक विद्युत लाईन अवरुद्ध हुँदा सर्वसाधारण हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण कटहरिया चन्द्रपुर, लगायतको ठाउँमा दैनिकजसो  बत्ती आउने जाने भइरहेको छ । दैनीक ४० डिग्री भन्दा बढी गर्मी लागेको समय विहान देखि रातिसम्म विद्युत लाईन अवरुद्ध हुँदा सेवाग्राहि उपभोक्ता समस्यामा परेको जानकारी दिएका छन।

विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखामा नयाँ कार्यालय प्रमुख आएदेखि दैनिकजसो बत्ती आउने जाने गरेको गुनासो आउन थालेका छन् । बत्ती जाने आउने समस्या बढे पनि यसको दीर्घकालीन समाधान गर्न प्राधिकरण शाखा असफल जस्तै देखिएको छ । शाखामा कार्यालय प्रमुखको रुपमा धीरेन्द्र यादव कार्यरत छन ।

नेपाल विद्युत् प्राधिकरणका शाखा प्रमुख यादव भने लोडसेडिङको समस्या नरहेको दाबी गर्छन् । ‘लाइन नै सर्ट भएर ट्रान्सफर्मर पट्केर कुनै बेला बत्ती गएको हुन सक्छ तर प्रणालीमा कुनै समस्या छैन । बत्ती जाने समस्या हुँदा हाम्रो टेलिफोनमा तुरुन्तै सूचना आउने गरेको छ । त्यसलाई हामी तुरुन्तै समाधानसमेत गर्ने गरेका छौं,’ यादवले भने । यद्यपि गुनासो सुन्ने निकाय विद्युत प्राधिकरणको फोन नउठ्ने र प्राय उठाएर होल्डमा राखिदिने कर्मचारीको नियतिको कारण बारम्बार समस्या भइरहेको गुनासो चन्द्रपुरका साथै कटहरियाका स्थानीय व्यवसायीहरु बताउँछन् ।

प्रकाशित मिति:June 19, 2023