धरानका मेयर जस्तै वडाअध्यक्ष चौधरी स्वयं विकासको काममा खट्दै

  Sampatti News

June 19, 2023

रौतहट ४ असार। देशको ७५३ स्थानिय तह मध्ये काठमाडौं महानगरका मेयर बालेन साह र धरान उपमहानगरका मेयर हर्क साङपाङ विभिन्न खाले नया नया कामले सदैब चर्चामा रहने गर्दछन्। तर ताराई मधेशका भन्ने त्यसकाे ठिक बिपरित छ अर्थात कामै नगरी बजेटको पैसा खान कैयौं जनप्रतिनिधी मरिहत्ते भएकाे देखिन्छ। यसै बीच रौतहटको गुजरा नगरपालीकामा १ का वडा अध्यक्ष रामजीत चौधरी भने बुढेसकालमा पनि टाउकोमा भारी बाटा बोकेर सार्वजनिक काममा खटेको देखेर उनीप्रति कसको मनमा सम्मानको भावना जागृत हुँदैन।

गुजरा नगरपालिका १ मा उनै वडा अध्यक्ष चौधरीको सक्रियतामा सघन सहरी विकास कार्यक्रम अन्तर्गत  सडकको ढालान कार्य भैरहेको छ। सोहि कामलाई पुरा गर्न ६० वर्षिय वडा अध्यक्ष रामजीत चौधरी आफ्नो टाउकोमा गिट्टी बालुवा सिमेन्ट बोकेर सडकको काम गराईरहेका छन। रङपुर गाउँ देखि मुशहरटोल हुँदै कोठीयार जाने  बाटो लमहा खोलाको पुलसम्म सडक स्तरोन्नति पिपिसी ढालानको काम वडा अध्यक्ष रामजित चौधरीको पहलमा समपन  भएकाे छ। सडक निर्माणले जनताको अाबत जाबत मा धेरै सजिलोहुने ,सदियो देखि  धुलो खादै अाएको पीडा  बाट सदाको लागि बिदा भयो  जनता को मनमा धेरै खुसी आयो   अध्यक्ष चौधरीले जानकारी दिएका छन।

प्रकाशित मिति:June 19, 2023