गौरका मेयर साह द्धारा जुमाबि लाई बिभिन्न सामग्री हस्तान्तण

  Sampatti News Online

June 19, 2023

रौतहट ४ असार। रौतहटको सदरमुकाम गौर नगरपलिकाको मेयर शम्भू साहले जुद्ध माबि गौरमा विभिन्न सामग्री हस्तान्तण गरेका छन।

गर्मी बढदै गरेको ध्यानमा राखिदै दातृ संस्था कतार_चैरिटी को सहयोगमा आरडीसी नेपालबाट उपलब्ध फिल्टर सहितको वाटर चिलर प्लांट, सिलिंग फैन र बोरिंग कल लगाएतका सामग्री मेयर साहले जुद्द माबिलाई आईतवर हस्तान्तण गरेका हुन। सोही संस्थाबाट उपलब्ध गरेको अर्को वाटर प्लांटलाई गौर ९ सिर्सिया स्थित वडा कार्यालयमा जडान गरिएको छ मेयर शम्भू साहले बताउनुभयो।

प्रकाशित मिति:June 19, 2023