देवाही गोनाहिको प्रमुखमा उपसचिव यादव हाजीर, मेयर उपमेयरको बिवाद मिल्ने आशा 

  Sampatti News Online

June 19, 2023

रौतहट ४ असार। लामोसमय देखि विवादको घेरामा रहेकाे रौतहटको देवाही गोनाही नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी उपसचिव शम्भु यादवले पाएका छन्।

उपसचिव यादव आईतवार बिधिवतरुपमा नगरको कार्यालयमा हाजीर भएका छन्। सो अवसरमा मेयर प्रेमलाल साहले प्रमुख प्रशासकिय अधिकृत शम्भु यादवलाई माला र खाँदा ओढाएर सम्मान सहित स्वागत गरेका थिए। मेयर साहले उनको कार्यकाल सफलताको शुभकामना समेत दिएका थिए। सो अवसरमा देवाही गोनाही नगरपालीकाका निर्वाचीत जनप्रतिनिधिका साथै विभिन्न पार्टीका नेता कार्यकर्ताको साथै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको बाकलो उपस्थिती रहेको थियो। नया प्रशासकीय अधिकृत यादवले शुक्रवार आफ्नो कागजात नगरपालीकामा बुझाएर फर्केका थिए। उक्त अवसरमा कुनै बिवाद नहोस भनेर नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका गरी १५० भन्दा बढी जनशक्ती उपस्थित राहेका थिए।

गृह प्रशासनमा काम गरिसकेका नया प्रमुख प्रशासकिय अधिकृत शम्भु यादवले बिशेषरुपमा पहल गरेर मेयर प्रेमलाल साह र उपमेयर प्रणीया पटेल लाई मिलाउनेमा नगरबासी विश्वस्त रहेको जिल्ला समन्वय समिति रौतहटका पूर्व उप सभापती रामअसिस यादवले बताएका छन। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभू साह तत्कालिन एमालेका प्रदेश अध्यक्ष रहेको समय देवाही गोनाही नगरपालीकाका मेयर प्रेमलाल साह र उपमेयर परणिया देवी पटेल दुवैजना एमालेको टीकट बाट चुनावमा निर्वाचित भएका थिए । गत संसदिय निर्वाचनमा प्रभू साह एमाले छोडेर आमजनता पार्टी दर्ता गराए पनि मेयर उपमेयर भने एमाले मै रहेकाे देखिन्छ।  तथापि दुवैजना बीच बिवाद भएकाे कारण नगरको सम्पूर्ण कामकाज प्रभावित भएकाले दुवैजना लाई मिलाउन एमाले पार्टी नेतृत्वले  तत्काल पहल गर्नुपर्ने अवस्था देखिन्छ।

सञ्जय मिश्रा 

प्रकाशित मिति:June 19, 2023