प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची यस्तो छ

  Sampatti News Online

June 20, 2023

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ ।

बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत आज शहरी विकास, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति:June 20, 2023