राष्ट्रीयसभाकी उपाध्यक्ष अर्यालले गरीन मौलापुरको प्रसंसा 

  Sampatti News Online

June 20, 2023

रौतहट ५ असार। राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले  माैलापुर नगरपालिकामा भएको भौतिक पूर्वाधार निर्माणको प्रसंसा गर्दै त्यहाँ को विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएकी छन्। उपाध्यक्ष अर्याल सोमवार रौतहटको मालापुर नगर क्षेत्र अन्तर्गत विभिन्न विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन निरीक्षण गर्दै उक्त प्रतिवद्धता जनाएकी हुन्।

उपाध्यक्ष अर्याल मैलापुर स्थित पुराता्त्विक महादेव मन्दिर, बसपार्क, (ल्यान्ड पुलिङ) जगा एकीकरण तथा नया सहरको याेजना, पिकनिक पार्क, बहुउद्दश्यीय भवन लगाएतको पूर्वाधार निरीक्षण गरेका थिए। निरीक्षणको क्रममा मौलापुर नगर प्रमूख रीना कुमारी साहले उक्त भौतिक संरचना बारे उपाध्यक्ष अर्याल लाई जानकारी दिएका थिए।

माैलापुर जस्तो ग्रामिण क्षेत्रमा प्रदेशमै उत्कृष्ट सहरको जस्ताे विकास निर्माणका पूर्वाधार निर्माण,७५ विगहा जग्गामा नया सहरको अवधारणा तथा पुरातातविक महादेव मन्दिर लाई बिश्व सम्पदा सूचीमा राख्ने प्रयास लाई राष्ट्रीयसभाकि उपाध्यक्ष उर्मिला अर्यालले खुलेरै सराहना गरेकी थिइन्। साथै मौलापुरमा विकास निर्माणका थप योजनाको लागि विशेषरुपमा पहल गर्ने प्रतिबद्धता जनाएको मेयर रीना कुमारी साहले जानकारी दिएकी छन्। मौलापुरमा अवलोकन निरीक्षणको क्रममा उपाध्यक्ष अर्याल, मेयर साहका साथै राष्ट्रियसभा सचिवालयका पदाधिकारिहरुको समेत सहभागीता रहेको टोलीमा सहभागी सुमन यादवले जानकारी दिएकि छन।

प्रकाशित मिति:June 20, 2023