विधुत प्राधिकरण जनताप्रति उत्तरदायी छैन, नाफा देखाएर झुक्याउने काम गरेको प्रभु साहको जिकिर

  Sampatti News Online

June 20, 2023

रौतहट ५ असार। पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष  प्रभु साहले नेपाल विद्युत् प्राधिकरण नेपाली जनताप्रति उत्तरदायी जबाफदेही नभएको जिकीर गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सुन्य समयमा बोल्दै संघिय सांसद समेत रहेका अध्यक्ष शाहले विधुत प्राधिकरण नेपाली जनतालाई झुक्याउने काम मात्र गरेको टिप्पणी गरेका थिए। । ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्याएको भए पनि कहाँ खर्च गर्ने भन्ने स्पष्ट उल्लेख नभएको उनको दाबी रहेको छ।

नेपाल विद्युत् प्राधिकरण नेपाल सरकार र नेपाली जनताप्रति उत्तरदायी छ वा विदेशी शक्तिकेन्द्रप्रति जबाफदेही छ अध्यक्ष साहले प्रतीप्रश्न गरेका थिए। रेड बुकले के भन्छ भने विद्युत् प्राधिकरण जनताप्रति जबाफदेही छैन । सभामुखज्यूले त्यसलाई त फर्काइदिनुपर्ने हो उनले भने किनकि ऊर्जामा झन्डै ६० अर्बजति पैसा छ कुन कहाँ के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन । वैकल्पिक ऊर्जाको २० पाना ओगटेर झन्डै ४० पेजसम्म कुन–कुन पालिकामा कति–कति लाख भनेर छापेर जनतालाई झुक्याउने वाहेक केही नभएको उनको ठहर रहेकाे छ। यति दुनियाँको इन्ट्रेस्ट भइरहेको ऊर्जा क्षेत्र सांसद जान्नै नहुने ? के छ भित्री कुरा किताब लेख्नै नहुने ? शीर्षक अनुसार गतिविधि सांसदहरूले जान्नै नहुने हो ? कुन ठाउँमा विद्युत् प्रसारण बढाउँदै हुनुहुन्छ ? कहाँ सबस्टेशन बढाउँदै हुनुहुन्छ प्रभू साहले जानकारी मागेका थिए। के रेडबुकमा आउनै नहुने हो त्यो क्रियाकलापहरू । यसरी अपारदर्शिता भनेकै भ्रष्टाचार होइन ? बक्यौता रकमहरू किन उठाउन पहल भइराखेको छैन उनले प्रश्न गरेका थिए।

विद्युत प्राधिकरणले आफूलाई नाफामा देखाएर दुनियाँलाई झुक्याएको आरोप पनि उनले लगाएका छन । प्राधिकरणले व्यापारिक घरानाहरूलाई सेवा गरेको तर गाउँघरमा विद्युत् प्रसारण गर्न नसकेको अध्यक्ष साहले जिकिर गरेका छन।

प्रकाशित मिति:June 20, 2023