साहारा पाउने आशामा परमेश्वर पुकार्दा पुकार्दै बालकको गयो ज्यान

  Sampatti News Online

June 20, 2023

रौतहट ५ असार। बर्दियामा प्रहरीले ज्यानसम्बन्धी कसुरको आरोपमा गुलरिया नगरपालिका–४, तुलापुरमा बस्दै आएका ३९ वर्षीय राजु शाही, सोही ठाउँमा बस्दै आएका ३८ वर्षीया गीता शाही र ३५ वर्षीया निशा नेपाली छन् । गुलरिया–१०, कालाबन्जारमा बस्ने प्रमुख यादवले उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएका थिए ।यादवका आठ वर्षीय छोरा अजय आफ्नै घरमा बिरामी भई अचेत अवस्थामा हुँदा बालकलाई तुलापुरस्थित सत्य बचन परम ईश्वरीय मार्गदर्शन नामक संस्थामा प्रार्थना गराए निको हुने भ्रमपूर्ण आश्वासन दिए । प्रहरीका अनुसार त्यसपछि सो संस्थामा लागि प्रार्थना गराउने क्रममा बालकको मृत्यु भएको जाहेरीमा उल्लेख छ ।
घटना यही असार १ गतेको हो । उनीहरूलाई पक्राउ गरेर अदालतबाट ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको बर्दियाका डीएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए । तुलापुरस्थित सञ्चालन गरेको सत्य बचन परम ईश्वरीय मार्गदर्शन नामक संस्थामा रहेका व्यक्तिहरूले यहाँ ल्याएर बचन तथा प्रार्थना गरेपछि परमेश्वरले ठिक गर्नुहुन्छ, औषधि उपचार गराउन कहीँ कतै लैजानु पर्दैन भन्ने भ्रमात्मक आश्वासन दिई भ्रममा पारी प्रार्थना गर्ने क्रममा नै निजको मृत्यु भएको पीडित परिवारले जनाएको छ।

रौतहटमा रकम लिदै धर्म परिवर्तन गर्दै रौतहटको कटहरिया लगायत कैयौं पालिकामा पछिलो समय यसरी सोझा मानिसलाई विभिन्न भ्रममा पारेर ईशाई धर्मको प्रचारप्रसार गर्न केहि मानिस सक्रिय रहेको देखिएको छ। हिन्दु धर्मका अशिक्षित तथा दलीत विपन्न परिवारको खास गरी महिलालाई बिभिन्न भ्रममा पारने गरेका छन। हिन्दू धर्म छोडेर परमेश्वरको प्रार्थना गरेमा बिरामी नीको हुने, सम्पती हुने भन्दै केहि मानिसले आफ्नो व्यक्तिगत फाईदाको लागि धर्म परिवर्तन गराउदैं ईशाई धर्म अपनाउन बाध्य बनाइएको बताइन्छ । तथापी यस्ता बिकृती लाई निरुस्ताहित गर्न स्थानिय अगुवा, जनप्रतिनिधी तथा प्रहरी प्रशासनको त्यस प्रति गम्भीरता पूर्वक ध्यानाकर्षण हुन जरुरी देखिन्छ।

सञ्जय मिश्रा 

प्रकाशित मिति:June 20, 2023