चीन भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड 

  Sampatti News Online

June 20, 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणको तयारीमा जुटेका छन् । भारत भ्रमणपछि चीन भ्रमणको तयारीमा लागेका प्रचण्डको भ्रमण मिति भने टुंगो लागेको छैन् । यद्यपि डेढ महिनापछि अगष्टमा चीन भ्रमण गर्नेगरी अनौपचारिक छलफल भइरहेको छ । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रचण्डको भ्रमण अगष्टमा गर्ने गरी नेपाल पक्षले प्रस्ताव गरेको छ । तर चीनले उक्त समयका लागि जवाफ भने दिइसकेको छैन । 

चीनको जवाफको प्रतिक्षामा रहेको सरकारले चीनसँग केही महत्वपूर्ण परियोजनामा सहमति जुटाउने प्रयास गर्ने बताइएको छ ।

प्रकाशित मिति:June 20, 2023