प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  Sampatti News Online

June 21, 2023

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आजको बैठकमा ४ मन्त्रालयकाे बजेटमाथि छलफल जारी रहनेछ । युवा तथा खेलकुद, शिक्षा, कानुन र कृषि मन्त्रालयका बजेटमाथि छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।

हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो ।

प्रकाशित मिति:June 21, 2023