बागलुङमा जीप दुर्घटना,  दुई जनाको मृत्यु

  Sampatti News Online

June 21, 2023

बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिए । उनीहरूको घटनास्थलमै मृत्यु भएको भनाइ छ ।

जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको केसीले बताउनुभयो । मृत्यु हुने दुवै जना पुरुष रहेको उनको भनाइ छ । जीप सडकभन्दा धेरै तल खसेको हुँदा अहिलेसम्म कति सवार थिए भन्ने यकिन हुन नसकेको सूचना अधिकारी केसी बताउँछन् । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारकार्यमा लागेको छ ।

प्रकाशित मिति:June 21, 2023