भारत संसद भवनमा राखेको नक्साबारे बुझ्न भारतस्थित नेपाली राजदूतावासलाई निर्देशन: साउद

  Sampatti News Online

June 21, 2023

काठमाडौं । परराष्ट्र मन्त्री नारायणप्रसाद (एनपी) साउदले भारतले आफ्नाे  संसद भवनमा राखेको नक्साबारे बुझ्न भारतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको बताएका छन् । 

मंगलबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले प्रश्न उठाएपछि परराष्ट्रमन्त्री साउदले भारतको तर्फबाट आधिकारिक धारणा आइसके पनि भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन दूतावासलाई निर्देशन दिएको बताएका हुन् । 

उनले भने, ‘भारतीय संसद भवनमा राखिएको नक्सामा सम्राट अशोकको समयमा उनको साम्राज्यको फैलावट जनाइएको भनि त्यो नक्साको क्याप्सनमा लेखिएको र यो राजनीतिक विषय नरहेको भनि भारत सरकारका तर्फबाट आधिकारीक धारणा समेत त्यहाँका विदेशमन्त्रीबाट आइसकेको समेत जानकारी गराउन चाहन्छु । हामीले यस विषयमा भारतीय पक्षसँग कुरा गरीप्रतिवेदन पठाउन नयाँ दिल्ली स्थित नेपाली राजदूतावासलाई निर्देशन पनि दिएका छौँ ।’ 

प्रकाशित मिति:June 21, 2023